काठमाडौं । अरुण काबेली पावरको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको हो ।
उक्त नियुक्ति सम्बन्धी कम्पनी र नबिल इन्भेष्टमेन्टबीच सम्झौता भएको छ ।
कम्पनीले ५.७१ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । मंसिर २२ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगदसहित शतप्रतिशत हकप्रद सेयर पारित गरेको हो ।
अरुण काबेलीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ कार्त्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।