फर्स्ट माइक्रोफाइनान्सले मंसिर १६ गते बोलायो साधारणसभा

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १६ गते वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा १२औं वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले मंसिर ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले सेयरधनीलाई १०.५३ [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १६ गते वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा १२औं वार्षिक साधारणसभा गर्ने भएको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले मंसिर ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावालाई पारित गर्दै छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत (कर प्रयोजनको लागि) नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

Share News