काठमाडौं । कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँमा झरेको छ । यससँगै बुधबारको पहिलो कारोबारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ६०७ रुपैयाँ हुने छ ।
पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ७१९ रुपैयाँमा कारोबार भएको थियो ।