एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १८ गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज १८ गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

Share News