आइतबार ६ कम्पनीको सेयर मूल्यमा सर्किट, चार शीर्षकमा अपि पावर अगाडि

<p>काठमाडौं । आइतबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सामान्य उतारचढाव देखिएको बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पनि सामान्य ०.६६ अंकले उकालो लागेर ३१०८.१३ बिन्दुमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनमा ०.०२ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा पनि ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सामान्य उतारचढाव देखिएको बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पनि सामान्य ०.६६ अंकले उकालो लागेर ३१०८.१३ बिन्दुमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनमा ०.०२ प्रतिशतले बढी हो ।

सामान्य अंकले बढेको बजारमा पनि ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर, यूनिभर्सल पावर कम्पनी, ज्योति विकास बैंक, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र नाङ्दी ग्रुप पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

आइतबारको बजारमा १४ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२७ कम्पनीको २ करोड ६९ लाख कित्ता सेयर खरिद बिक्री भएको हो ।

गत बिहीबारको जस्तै आइतबारकोको बजारमा पनि विभिन्न शीर्षकको अग्रस्थानमा अपि पावर रहेको छ । बढी कमाउने सहित बढी कारोबार गर्नेको अग्रस्थानमा अपि पावर नै रहेकाे छ । कम्पनीकाे एकैदिन ८१ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ४ हजार ८४४ पटकमा कम्पनीको १३ लाख ८८ हजार ८९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।

आइतबार एनआईसी एशिया डिबेन्चर २०८३र८४ को मूल्य सबैभन्दा बढी अर्थात ७.३७ प्रतिशतले घटेको छ ।

Share News