काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ ।
आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।