कोभिड संक्रमण नियन्त्रणका लागि राष्ट्र बैंकको ९ बुँदे निर्देशन, अब यसरी चलाउने बैंक वित्तीय संस्था

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सजगता अपनाउन नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । नेपालमा पनि कोभिड संक्रमणको दोस्रो लहर चलेपछि नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदममा सहयोग गर्न राष्ट्र बैंकले नयाँ निर्देशन दिएको छ । राष्ट्र बैंकले दिएको [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सजगता अपनाउन नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

नेपालमा पनि कोभिड संक्रमणको दोस्रो लहर चलेपछि नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदममा सहयोग गर्न राष्ट्र बैंकले नयाँ निर्देशन दिएको छ । राष्ट्र बैंकले दिएको निर्देशनमा बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु हुने तर संक्रमण जोखिम नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भनिएको छ ।

राष्ट्र बैंकले दिएको निर्देशनमा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वाथ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन गर्न भनिएको छ । यस्तै, सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने, सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमवाट गर्न गराउन प्रोत्साहित गर्ने भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सानिटाइजर एवम् टिस्यू पेपरको व्यवस्था मिलाउन पनि भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले संचालन गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने तथा सम्बभ भएसम्म यस्ता कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन

[pdf id=269454]

Share News