नगद लाभांश र मर्जमा जाने प्रस्ताव पारित गर्न माछापुच्छ्रे क्यापिटलले डाक्यो वार्षिक साधारणसभा

<p>काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आगामी मंसिर ४ गते पहिलो वार्षिक साधारण सभा आब्हान गरेको छ । क्यापिटलले प्रस्तावित नगद लाभांशसहित अन्य विभिन्न एजेण्डाहरु पारित गर्न सो दिन साधारण सभा डाकेको हो । उक्त सभा सो दिन अपरान्ह ३ बजे काठमाडौंको लाजिम्पाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दै छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आगामी मंसिर ४ गते पहिलो वार्षिक साधारण सभा आब्हान गरेको छ । क्यापिटलले प्रस्तावित नगद लाभांशसहित अन्य विभिन्न एजेण्डाहरु पारित गर्न सो दिन साधारण सभा डाकेको हो ।

उक्त सभा सो दिन अपरान्ह ३ बजे काठमाडौंको लाजिम्पाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दै छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ६.४ प्रतिशतका दरले नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टस् लिमिटेडसँग एक आपसमा गाभिने सम्बन्धी अन्तिम सहमतिपत्रलाई सभाले पारित गर्ने भएको छ ।

दुई क्यापिटल एक आपसमा गाभिएपश्चात कम्पनीको अधिकृत पुँजी ३० करोडबाट ४० करोड, जारी पुँजी २० करोडबाट ३१ करोड ४८ लाख र चुक्ता पुँजी २० करोडबाट २६ करोड ७६ लाख रुपैयाँ पुर्याउने प्रस्तावलाई सभाले पारित गर्दै छ ।

त्यस्तै, कम्पनीको सेयर स्वामित्व सम्बन्धी व्यवस्था परिवर्तन गरी संस्थापक तर्फ ८५ प्रतिशत र सर्वसाधारण तर्फ १५ प्रतिशत रहने गरी व्यवस्था कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड राख्ने जसलाई छोटकरीमा एमकेसीएल भनिन्छ ।

Share News