शिव श्री हाइड्रोको मूल्यमा लाग्यो सकारात्मक सर्किट, प्रतिकित्ता कति ?

<p>काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो । संस्थाको सेयर प्रतिकित्ता १२० रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केहि समयमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२ रुपैयाँ पुगेको हो । यो समाचार [&hellip;]</p>

काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

संस्थाको सेयर प्रतिकित्ता १२० रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केहि समयमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२ रुपैयाँ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म १२ लाख ८० हजार ६ सय ९६ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने बेच्ने कोही पनि छैनन् ।

हाइड्रोको कुल एक करोड ४७ लाख ६४ हजार कित्ता सेयर गत कार्तिक ६ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो ।

पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको थियाे । दाेश्राे बजारमा यसको संकेत एसएसएचएल रहेको छ ।

Share News