काठमाडौं । एसएमएल ब्राण्डको गाडी किन्न सांग्रिला डेभलपमेन्ट बैंकबाट ७५ प्रतिशतसम्म कर्जा पाइने भएको छ । सो सम्बन्धी सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार यस बैंकका ग्राहकले स्वाराज मज्दा(एसएमएल) ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरीद गर्न चाहेमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा पाउने छ । व्याजदर १२.५ प्रतिशत रहेको उक्त सुविधा बैंकका जुनसुकै शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ ।
बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने कम्पनीले जानकारी गराएको छ ।