राष्ट्र बैंकको क्रसहोल्डिङ परिभाषाः निजी क्षेत्रलाई पेल्ने, २ सरकारी निकायले १७ बैंक चलाउने ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै लगानीकर्ताले एकभन्दा बढी बैंक वित्तीय संस्थाको संस्थापक (प्रमोटर) सेयरमा लगानी गर्न नपाइने व्यवहार गरिरहेको छ । एउटै लगानीकर्ताको एकभन्दा बढी बैंक वित्तीय संस्थाको प्रमोटर सेयरमा धेरै लगानी देखिए त्यस्तो लगानीलाई क्रसहोल्डिङ भन्दै राष्ट्र बैंकले त्यस्ता बैंक वित्तीय संस्थाबीच मर्जर गर्ने गराउने अभियान थालेको छ । चालु आर्थिक वर्षको मौद्रिक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै लगानीकर्ताले एकभन्दा बढी बैंक वित्तीय संस्थाको संस्थापक (प्रमोटर) सेयरमा लगानी गर्न नपाइने व्यवहार गरिरहेको छ ।

एउटै लगानीकर्ताको एकभन्दा बढी बैंक वित्तीय संस्थाको प्रमोटर सेयरमा धेरै लगानी देखिए त्यस्तो लगानीलाई क्रसहोल्डिङ भन्दै राष्ट्र बैंकले त्यस्ता बैंक वित्तीय संस्थाबीच मर्जर गर्ने गराउने अभियान थालेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि क्रसहोल्डिङ रहेका बैंक वित्तीय संस्थाहरु एकापसमा मर्ज गराउने संकेत गरिएको छ । राष्ट्र बैंकको अहिलेको परिभाषा अनुसारको क्रसहोल्डिङ भएका बैंक वित्तीय संस्थाका प्रमोटरहरु जबरजस्ती मर्जरमा जानुपर्ने त्रासमा छन् । राष्ट्र बैंकको यस्तो परिभाषाले आफूहरुको लगानी विविधिकरण गरी जोखिम कम गर्ने व्यवस्थापकीय कौशल र लगानी सिद्धान्त विपरित हुने र संविधान प्रदत्त आर्थिक अधिकार कुण्ठित हुने लगानीकर्ताले बताउँदै आएका छन् ।

निजी लगानीकर्ताको लगानी विविधिकरणलाई क्रसहोल्डिङको परिभाषा दिएर त्रास उत्पन्न गरिरहेको राष्ट्र बैंक सरकारी निकायको लगानीप्रति भने बेखबर जस्तै बनेको छ । दुईवटा सरकारी निकाय (कर्मचारी संचय कोष र नागरिक लगानी कोष) ले अहिले संचालनमा रहेका १७ वाणिज्य बैंकको प्रमोटर सेयरमा लगानी गरेको भएपनि यी दुई निकायप्रति भने राष्ट्र बैंक मौन छ ।

राष्ट्र बैंकले उसको अहिलेको परिभाषा अनुसारको क्रसहोल्डिङ रहेका बैंक वित्तीय संस्थालाई मर्जर गराउने हो भने २ सरकारी निकायले लगानी गरेका १७ वाणिज्य बैंकलाई एकापसमा मर्ज गराए बढीमा २ वटा बैंक बनाउनु पर्छ ।

‘सरकारको शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक, प्रमुख लगानी रहेको कृषि विकास बैंक र नेपाल बैंकबीच पनि मर्जर हुन सकेको छैन, सरकार आफैले तीनवटा बैंक चलाएर बसेको छ, नागरिक लगानी कोष र कर्मचारी संचय कोषले १७ वटा वाणिज्य बैंकको प्रमोटर सेयरमा राम्रै लगानी गरेका छन्, यो सन्दर्भप्रति बेवास्ता गर्दै हामीलाई भने तिमीले एकभन्दा बढी बैंकको प्रमोटर सेयरमा लगानी गर्न पाउँदैनौं भनेर प्रतिबन्द लगाउन खोजिदैछ, राष्ट्र बैंकको यस्तो व्यवहारले सरकारले जे गरे पनि हुन्छ, नियम कानुन मान्नु पर्दैन, नागरिकले भने संविधानले दिएको अधिकार पनि हामीले हुन्छ भनेको अवस्थामा मात्रै प्रयोग गर्न पाउँछौं भन्ने गरी राष्ट्र बैंक प्रस्तुत भएको छ, यो ठीक हो जस्तो लाग्दैन, गलत कार्यलाई सार्वजनिक रुपमा बोल्यो भने पनि किन जान्ने भइस् भन्दै राष्ट्र बैंकले कारबाही ठोकिहाल्छ, बोल्न पनि गाह्रो छ,’ एक वाणिज्य बैंकका प्रमोटरले भने ।

कर्मचारी संचय कोषको कुन बैंकमा कति लगानी छ ?

कर्मचारी संचय कोषले ११ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक गरी १३ वटा बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा लगानी गरेको छ । कोषले प्रमोटर सेयरमा गरेको लगानी २२ अर्ब रुपैयाँभन्दा बढी रहेको कोष स्रोतले जानकारी दिएकोछ ।

कोषले कुन कुन बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको कति प्रतिशत प्रमोटर सेयरमा लगानी गरेको छ भन्ने विवरणः

हिमालयन बैंकः १४ प्रतिशत
एसबीआई बैंकः १५ प्रतिशत
बैंक अफ काठमाडूः १५ प्रतिशत
एनएमबी बैंकः ६ प्रतिशत
सिभिल बैंकः ८ प्रतिशत
प्रभु बैंकः ४ प्रतिशत
नेपाल बैंकः ४ प्रतिशत
सानिमा बैंकः २ प्रतिशत
कुमारी बैंकः ३ प्रतिशत
इन्भेष्टमेन्ट बैंकः करिब १ प्रतिशत
सनराइज बैंकः १ प्रतिशत
सिन्धु विकास बैंकः ६ प्रतिशत
महालक्ष्मी विकास बैंकः १ प्रतिशत

नागरिक लगानी कोषको कुन बैंकमा कति लगानी छ ?

नागरिक लगानी कोषले ६ वटा वाणिज्य बैंकको प्रमोटर सेयरमा १ अर्ब ९० करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।

नागरिक लगानी कोषले कुन कुन बैंकमा कति रकम बराबरको प्रमोटर सेयरमा लगानी गरेको छ भन्ने विवरणः

बैंक अफ काठमाण्डूः रु. १७.९८ करोड
सिटिजन्स बैंकः रु. २८.२१ करोड
एनसीसी बैंकः रु. ३६।६४ करोड
लक्ष्मी बैंकः रु. ६७.३७ करोड
इन्भेष्टमेन्ट बैंकः रु. ३७.४९ करोड
एनआइसी एसिया बैंकः रु. ३.०६ करोड
कूलः रु. १९०.७८ करोड

सम्बन्धित सामग्री

राष्ट्र बैंकले उठाएको क्रस होल्डिङ तरवार र यस भित्रको खुन

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ?

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

Share News