यी ४ जलविद्युत आयोजनाः जसलाई विद्युत प्राधिकरणले सम्मान गर्याे

<p>काठमाडौं । समयमै काम सम्पनन गर्ने चार विद्युत आयोजना सम्मानित भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवमा विभिन्न चार विदुत आयोजनाहरुका प्रवद्र्धक कम्पनी सम्मानित भएका हुन् । सम्मानित हुनेमा अपि पावर कम्पनी, डोल्टी पावर कम्पनी, सुपर माई ए र सुपर माई क्यासकेड आयोजनाको प्रवद्र्धक कम्पनी सगरमाथा जलविद्युत कम्पनीलाई प्राधिकरणले सम्मान गरेको हो । अपि [&hellip;]</p>

काठमाडौं । समयमै काम सम्पनन गर्ने चार विद्युत आयोजना सम्मानित भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवमा विभिन्न चार विदुत आयोजनाहरुका प्रवद्र्धक कम्पनी सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा अपि पावर कम्पनी, डोल्टी पावर कम्पनी, सुपर माई ए र सुपर माई क्यासकेड आयोजनाको प्रवद्र्धक कम्पनी सगरमाथा जलविद्युत कम्पनीलाई प्राधिकरणले सम्मान गरेको हो ।

अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड आयोजना, डोल्टी पावर कम्पनीले ४.८ मेगावाटको पदम खोला आयोजना र सगरमाथा जलविद्युत कम्पनीले ९.६ मेगावाटको सुपर माई ए र ३.८ मेगावाटको सुपर माई क्यासकेड आयोजनाको निर्माण गरेको थियो ।

प्राधिकरण प्रशासन निर्देशनालयको जनसाधन विभागका निर्देशक बेलप्रसाद शर्माले विद्युत खरिद सम्झौतामा तोकिएको व्यापारिक उत्पादन मितिभन्दा पहिले विद्युत उत्पादन शुरु गरेर प्रणालीमा योगदान गरेकाले ती कम्पनीहरुलाई सम्मान गरेको बताए ।

Share News