काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्याउन माग गरिएको छ । नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङलाई नै अर्को कार्यकाल पनि दिन माग गरेको हो ।
नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको उनको भनाई छ ।
‘प्राधिकरणलाई यो अवस्थामा ल्याउन घिसिङको महत्वपूर्ण भूमीका छ, म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको , अझै उहाँले धेरै गर्न सक्नुहुन्छ, उहाँलाई नै पुनः कार्यकारीका रुपमा दोहोर्याउनु पर्छ,’ उनले भने ।