सरकारको कोरोना कोषमा बैंक तथा वित्तीय संस्थाको सहयोग पौने २१ करोड, सबैभन्दा बढी नविलको, अन्यको कति ?

<p>काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम सहयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साे काेषमा रकम सहयोग गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक [&hellip;]</p>

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम सहयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साे काेषमा रकम सहयोग गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले सो काेषामा सहयोग गरेका हुन् ।

हालसम्म सो कोषमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गरेका छन् । ८ वटै बैंक तथा वित्तीय संस्थाहरुले कुल २० करोड ७९ लाख ५१ हजार ९ सय १७ रुपैयाँ सहयोग गरेका हुन् ।

८ वटै बैंक तथा वित्तीय संस्थाहरुमा सबैभन्दा बढी सहयोग नविल बैंकले गरेको छ । नविल बैंकले कोरोना कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ । यस्तै्, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हालसम्म विभिन्न व्यक्ति तथा संस्थाहरुले साढे २ अर्ब रुपैयाँ सहयाेग गरेका छन् ।

कुन बैंक तथा वित्तीय संस्थाकाे सहयाेग कति ?

१. नेपाल बैंक – ३ करोड ४६ लाख रुपैयाँ

२. सिद्धार्थ बैंक– २ करोड ६७ लाख २७ हजार ९ सय २९  रुपैयाँ

३. प्रभु बैंक – १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ

४. सनराईज बैंक – ७९ लाख ४४ हजार ४ सय ७६  रुपैयाँ

५. राष्ट्रिय वाणिज्य बैंक– २ करोड ६९ लाख ९३ हजार १ सय ४५  रुपैयाँ

६. कृषि विकास बैंक– ४ करोड १० लाख १० हजार  रुपैयाँ

७. नविल बैंक – ६ करोड  रुपैयाँ

८. डिप्रोक्स लघुवित वित्तीय संस्था लि.– ४६ लाख, ५८ हजार १ सय २९  रुपैयाँ

Share News