एल.जी.को भिभाचे सिरिज वासिङ मेसिन नेपाली बजारमा

<p>काठमाडाै‌ं ।  एल.जी. एआई डिडीटिएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा एआई डिडीटिएम जस्ता लेटेस्ट प्रविधि रहेको छ जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाई  कपडाको गुणस्तर १८% ले जोगाउँछ । एआई डिडीटिएम वासिङ मेसिनले बिग डाटा विथ डिप किल्निङ उपयोग गरेर कपडाहरु [&hellip;]</p>

काठमाडाै‌ं ।  एल.जी. एआई डिडीटिएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा एआई डिडीटिएम जस्ता लेटेस्ट प्रविधि रहेको छ जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाई  कपडाको गुणस्तर १८% ले जोगाउँछ ।

एआई डिडीटिएम वासिङ मेसिनले बिग डाटा विथ डिप किल्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यस वासिङ मेसिनमा स्टिम प्लस टिएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र निकै राम्रो धुलाई दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिनबाट बचाउँदछ ।

यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साईकल पुरा गर्दछ जसले बिजुलीकाे साथसाथै समयको बचत गर्छ । यसमा १०० प्रतिशत स्टेनलेस स्टिल रहेको छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिँदैन । यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्राय्च नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथै आर्कषक डिस्प्ले पनि रहेको छ ।

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदत ले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।

Share News