काठमाडाैं । आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
आजकाे मन्त्रिपरिषद् बैठकले बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने बताइएकाे छ । आजकाे बैठकमा विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा निर्णय गर्न सक्ने स्राेतकाे भनाई छ ।
यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो। तर, हिजाे बसेकाे सीसीएमसीकाे बैठकले १५ दिन सम्मका लागि यी सवै सेवा स्थगित गर्न प्रस्ताव गरकाे छ ।