वित्तीय क्षेत्र तर्फ मुक्तिनाथ विकास बैंकले पायो ‘बेष्ट प्रिजेन्टेड अवार्ड’

<p>काठमाडौं । वित्तीय क्षेत्र तर्फ मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार &#8216;बेष्ट प्रिजेन्टेड अवार्ड&#8217; प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये संस्थाले वित्तीय क्षेत्र तर्फबाट उक्त अवार्ड [&hellip;]</p>

काठमाडौं । वित्तीय क्षेत्र तर्फ मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार ‘बेष्ट प्रिजेन्टेड अवार्ड’ प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये संस्थाले वित्तीय क्षेत्र तर्फबाट उक्त अवार्ड पाएको हो ।

आईक्यानले नेपाल वित्तीय प्रतिवेदन मान विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ्ग क्षेत्र, वित्तीय क्षेत्र, बीमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

Share News