गण्डकीलाई प्राप्ति पश्चात मेगा बैंकद्वारा असार २१ गतेदेखि एकीकृत कारोबार

<p>काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि आगामी असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले &#8216;मेगा बैंक नेपाल लिमिटेड&#8217;को नामबाट आगामी आइतबारबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको हो । यससँगै, गण्डकी [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि आगामी असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट आगामी आइतबारबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको हो ।

यससँगै, गण्डकी बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २१ गतेबाट मेगा बैंक नेपाल लिमिटेडको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र पाएको मेगा बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।

Share News