५ जना बोलेपछि भोलीलाई सर्याे नेकपाको बैठक

<p>काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेदेखि बसेको बैठक दिउँसो १ बजेतिर सकियाे । बुधबार बसेकाे बैठकमा पाँच जना सदस्यले मात्र आफ्नो धारणा राखेका थिए । नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एंवम् अध्यक्ष केपी शर्मा ओली र इतरसमूहबीच टकराव बढेको छ । मंगलबारको [&hellip;]</p>

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेदेखि बसेको बैठक दिउँसो १ बजेतिर सकियाे ।

बुधबार बसेकाे बैठकमा पाँच जना सदस्यले मात्र आफ्नो धारणा राखेका थिए । नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एंवम् अध्यक्ष केपी शर्मा ओली र इतरसमूहबीच टकराव बढेको छ । मंगलबारको बैठकमा बोल्ने लगभग सबै स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको राजिनामा मागेका थिए ।

उक्त विषयमा स्थायी समिति सदस्यहरू लीलामणि पोखरेल, मातृका यादव र योगेश भट्टराईले बोलेका तथा आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा र नन्दु प्रसाईंले धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजे फेरि बालुवाटारमा बसे भएकाे छ ।

Share News