काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको कुर्सी दिनप्रतिदिन परिवर्तन भइरहेकाे छ । नेकपाकाे बैठक बसेकाे तीन दिनमै दिनै पिच्छे फरक-फरक कुर्सी तथा आसन परिवर्तन भएका हुन् ।
बैठककाे पहिलाे दिनमै नेकफा स्थायी समिति बैठकमा कुर्सीकाे विषयलाई लिएर धेरै आलाेचना भएकाे थियाे । नेकपाका दुई अध्यक्ष साेफा र अन्य सदस्य साधारण कुर्सीमा बसेकाे फाेटाे सर्वत्र छाएकाे थियाे भने सामाजिक सञ्जालमा पनि त्यसकाे खुब आलाेचना भएकाे थियाे ।
बैठकमा सचिवालयका नौ जनालाई माथि राखिएका थिए भने त्यस मध्ये अध्यक्ष द्वयको कुर्सी अन्य सचिवालयका सदस्यहरुको भन्दा भिन्न र अगाडि राखिएको थियो।
दुई अध्यक्षलाई अन्य सचिवालय नेताहरु भन्दा केही अगाडि राखिएपछि नेता नेपालले आफ्नो कुर्सी अगाडि सार्न लगाएका थिए। नेता रघुजी पन्तले नेताहरुबीच विभेद गरिन नहुने बताएका थिए।
त्यस्तै दाेस्राे दिनको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। त्यस दिन सचिवालयकै सदस्य श्रेष्ठ सहित अष्टलक्ष्मी शाक्य र भीम रावलले कुर्सी व्यवस्थापनमा सामन्तशैली अपनाइएको भन्दै सोफा हटाइएको थियो।
तेस्रो दिनको बैठक अर्थात शनिबार बसेको बैठक सोफाको ठाउँमा अन्य सचिवालय नेताहरु बसेकै कुर्सी राखिएकाे थियाे । आज अर्थात मंगलबार बसेको चौथो दिनको बैठकमा भने माथिबाट सवै सचिवालयका नेताहरुको कुर्सी अन्य स्थायी कमिटी नेताहरुकै लहरमा राखिएको छ भने सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र विष्णुप्रसाद पौडेल अन्य स्थायी कमिटीसँग बसेका छन्।
बैठकको अगाडि तर्फ दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलाई मात्रै राखिएको छ ।

पहिलाे दिनकाे बैठक।

दाेस्राे दिनकाे बैठक।

तेस्राे दिनकाे बैठक।