सीडीएससीद्धारा प्रमुख कार्यकारीकाे लागि आवेदन खुला, के चाहिन्छ याेग्यता ?

<p>काठमाडौं ।  सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लामाे समयदेखि खाली रहेकाे प्रमुख कार्यकारी अधिकृत पदकाे लागि आवेदन खाेलेकाे छ ।  उक्त पदमा ३५ पूरा भइ ६० वर्ष ननाघेका व्यक्तिले १५ दिनभित्र आवेदन दिई सक्नुपर्ने सीडीएसले जनाएकाे छ । उमेद्वारी दिने व्यक्ति अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन तथा वाणिज्य कानुनमा कम्तिमा पनि स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हाँसिल गरेको हुनु [&hellip;]</p>

काठमाडौं ।  सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लामाे समयदेखि खाली रहेकाे प्रमुख कार्यकारी अधिकृत पदकाे लागि आवेदन खाेलेकाे छ ।  उक्त पदमा ३५ पूरा भइ ६० वर्ष ननाघेका व्यक्तिले १५ दिनभित्र आवेदन दिई सक्नुपर्ने सीडीएसले जनाएकाे छ ।

उमेद्वारी दिने व्यक्ति अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन तथा वाणिज्य कानुनमा कम्तिमा पनि स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हाँसिल गरेको हुनु पर्नेछ । यस्तै उमेद्वारकाे पुँजी बजार वा उद्योग, वाणिज्य, वित्त तथा लेखा र कानुन क्षेत्रहरुमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हुनुपर्ने छ।

यसका साथसाथै आवेदन दिने व्यक्तिले संस्थागत ब्यवसायिक योजना र व्यवसायिक कार्य योजनामा पुँजी बजार तथा केन्द्रीय निक्षेप सम्बन्धि अन्तर्राष्ट्रिय परिदृष्य तथा नेपालको अवस्थाको विश्लेषण गर्नु पर्नेछ ।

 

 

 

 

Share News