
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। साढे १० बजेदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएकाे बताइएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्रीओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेकपाभित्र विरोध भएको छ। नेताहरूले प्रधानमन्त्रीको भनाइबारे स्थायी समितिमा छलफल हुनुपर्ने बताएका छन्।