प्रधानमन्त्री निजी क्षेत्रको साथमा, निजी क्षेत्रमा अख्तियार नलाग्ने आश्वासन

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा निजी क्षेत्रमा अख्तियार नलाग्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अहिले निजी क्षेत्रमा अख्तियार आवश्यक नभएको बताएका छन् । ‘निजी क्षेत्रलामा अख्तियार आउने भन्ने कुरा अगाडि आयो, यसमा निजी क्षेत्रले असहमति जनाए, व्यवसायीहरुको समस्या मैले बुझेको [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा निजी क्षेत्रमा अख्तियार नलाग्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले निजी क्षेत्रमा अख्तियार आवश्यक नभएको बताएका छन् । ‘निजी क्षेत्रलामा अख्तियार आउने भन्ने कुरा अगाडि आयो, यसमा निजी क्षेत्रले असहमति जनाए, व्यवसायीहरुको समस्या मैले बुझेको छु,’ उनले भने ।

निजी क्षेत्रका व्यवसायीका समस्याहरुलाई समाधानका लागि आफ्नो नेतृत्वको सरकार जहिल्यै समाधानमा अगाडि बढ्ने उनले बताए । यसको बारेमा पुर्नविचार आवश्यक रहेको उनको भनाई छ । देशको विकासका लागि सरकार र निजी क्षेत्रले सँसँगै अगाडि बढ्ने उनले बताए ।

यस्तै, अर्थमन्त्री डा.युवराज खतिवडाले पनि निजी क्षेत्रलाई सरकारले समस्यामा पार्न नखोजिएको बताए । उनले पनि सरकार र निजी क्षेत्रले एक अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्ने बताए ।

Share News