देशभर मेघगर्जनसहित सामान्य वर्षाकाे सम्भावना

<p>काठमाडाैं । दक्षिण–पश्चिमी वायुको प्रभावले मेघगर्जनसहित सामान्य बदली भइ केही स्थानमा वर्षा भईरहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव [&hellip;]</p>

काठमाडाैं । दक्षिण–पश्चिमी वायुको प्रभावले मेघगर्जनसहित सामान्य बदली भइ केही स्थानमा वर्षा भईरहेको छ ।

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने सम्भावना रहेकाेले सावधानी अपनाउन महाशाखाकोआग्रह गरेको छ ।

आइतबार देशभर सामान्य बदली भइ धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित  न्यूनदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

Share News