काठमाडौं । वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ८७ वटा शव नेपाल ल्याइएको छ । त्यस्तै १ सय २० शव नेपाल विभिन्न देशमा बाँकी रहेका छन् ।
पछिल्लो समय वैदेशिक रोजगार बोर्ड मृतक कामदारको सम्बन्धित मुलुकमा नै अन्त्येष्टिका लागि परिवारबाट सहमति गर्ने काम गरिरहेको छ ।
हालसम्म १ सय २६ शवको परिवारका सदस्यबाट स्वीकृति लिइसकेको छ ।
लकडाउन अगाडी तथा सोअवधिमा ३ सय ३३ जना नेपाली श्रमिकको मलेसया, साउदी, कतार, युएइ। कुवेत, बहराइन, ओमान, द.कोरिया लगायतका देशमा १५ जना महिलाहरु र ३ सय १८ जना पुरुषहरुको मृत्यु भएको थियो ।
वैदेशिक रोजगारमा क्रममा कोरोना बाहेक अन्य मृत्यु भएकाको शब अन्तर्राष्ट्रिय उडान हुने बेलामा क्रमिक रुपमा नेपाल ल्याउने काम शुरु भइरहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।
