काठमाडौं । उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास पाईने भएकाे छ ।
साेमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ती निकाल्दै उपत्यका बाहिर जानेको लागि पास वितरणमा थप कडाई गरेकाे हाे ।
प्रशासनकाे अनुसार अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पठाउनु पर्नेछ ।
यसअघि काठमाडौं प्रवेश गर्नेकाे हकमा भने जिल्ला प्रशासन कार्यालयले यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो ।