कपिलवस्तुमा एकजनाकाे करेन्ट लागेर मृत्यु

<p>चन्द्रौटा । कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । बुद्धभूमि नगरपालिका चौवन्नपुरमा मामाघर बस्दै आएका भुसाल दिउँसो सडक नजीकै रहेको [&hellip;]</p>

चन्द्रौटा । कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

बुद्धभूमि नगरपालिका चौवन्नपुरमा मामाघर बस्दै आएका भुसाल दिउँसो सडक नजीकै रहेको रुखमा घाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा करेन्ट लागेर रुखमै अड्किएका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

Share News