नेपालगञ्ज र झापाबाट बिना पास बढी भाडा लिएर आएका गाडी नागढुङ्गाबाट पक्राउ

<p>काठमाडौं । उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएको ४ वटा सार्बजनिक भाडाका बसहरू नागढुङ्गाबाट पक्राउ परेका छन् । लकडाउनको नयाँ मोडालिटी जोर बिजोर प्रणालीमा पनि बिना पास बढी भाडा लिई आएका गाडी तथा चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएको ४ वटा सार्बजनिक भाडाका बसहरू नागढुङ्गाबाट पक्राउ परेका छन् । लकडाउनको नयाँ मोडालिटी जोर बिजोर प्रणालीमा पनि बिना पास बढी भाडा लिई आएका गाडी तथा चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।

मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा बिना पास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिदै गरेको सुचनाको आधारमा चेकजाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।

Share News