लक्ष्मी बैंकले दोहा बैंकबाट पायाे २० मिलियन अमेरिकी डलर ऋण 

<p>काठमाडाैं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले सो ऋण रकम पाएको हो । २०७७ साल बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम [&hellip;]</p>


काठमाडाैं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले सो ऋण रकम पाएको हो ।

२०७७ साल बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यससँगै उक्त रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।

Share News