काठमाडौं । विदेशमा रहेका नेपाली उद्धार गर्नका लागि सरकारले जून २४ तारिकसम्मको समय तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सरकारले उद्धार उडानको भाडादर पनि तोकेको छ ।
विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न मुलुकहरुमा अलपत्र परेका नेपाल नागरिकहरुको उद्धार गरी नेपाल ल्याउने सन्दर्भमा नेपाल सरकारको निर्णय र अनुमति अनुसार हिमालय एयरलाइन्सले उक्त तालिका बमोजिम उडानहरु संचालन गर्दै छ ।
जून २१ क्वालालम्पूर, मलेशिया काठमाडौंसम्मको भाडादर ३ सय ७२ अमेरिकी डलर रहेको छ । मानिसहरु सबै हिमालय एयरलाइन्समार्फत आउने छन ।
जून २२ इस्लामाबाद, पाकिस्तान ३ सय ५० अमेरिकी डलर तिरेर सीलिंक ट्राभल्स एण्ड टुर्सको माध्यमबाट आउन सक्ने छन् । माले, माल्दिभ्स अमेरिका ४ सय ८० अमेरिकी डलर भाडामा रुप्सी हलिडेजबाट नेपाल ल्याइने छ । दोहा, कतार ३ सय ९२ अमेरिकी डलर तिरेर क्लियोपेट्रा ट्राभल्समार्फत फर्किने छन् ।
त्यस्तै जून २३ तारिक अबुधाबी, यूएई ३ सय ८५ अमेरिकी डलर तिरेर आउँछन् भने दमाम, साउदी अरेबिया ४ सय ६५ अमेरिकी डलर भाडा तिरेर हिमालय एयरलाइन्समार्फत आउने छन् ।
कुवेतमा रहेका नेपालीहरु ४ सय १० अमेरिकी डलर उडान भाडा तिरेर आउने छन् भने आममाफी पाएकाहरुको हवाइ भाडा कुवेत सरकारले तिर्नेछ भने त्यहाँ रहेका नेपालीलाई दुई सिफ्टमा अल वासित ट्राभल एण्ड टुरिजम, रुप्सी हलिडेजको सहयोगमा नेपाल ल्याउन लागेको हो ।
उद्धार उडानको पहिलो लटमा जून २४ तारिकमा अबुधाबी यूएईबाट ३ सय ८५ अमेरिकी डलर तिरेर फिशटेल ट्राभल्स एण्ड टुरिजम एल.एल.सिमा सम्पर्क गर्न सकिनेछ । 