मेरो माइक्रोफाइनान्सले कोरोना पीडितलाई दियो साढे ३५ लाख रूपैयाँ

<p>नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कोरोना पीडितलाई राहत र उपचारमा ३५ लाख रूपैयाँ सहयाेग प्रदान गरेकाे छ । संस्थाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र राहतमा गरी उक्त सहयोग गरेको हाे । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । कम्पनीले २५ लाख ६० हजार ७ सय [&hellip;]</p>


नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कोरोना पीडितलाई राहत र उपचारमा ३५ लाख रूपैयाँ सहयाेग प्रदान गरेकाे छ । संस्थाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र राहतमा गरी उक्त सहयोग गरेको हाे ।

माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय वाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा बिहीबार नै जम्मा गरेको जनाएको छ ।

उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।

यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पुर्याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए ।

समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पुर्याउन पाउँदा आफूहरुका लागि गर्वको कुरा भएको सीईओ दाहालले बताए । उनले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

असार लागेपछि लकडाउन खुकुलो पारिँदा व्यापार व्यवसाय पुनः सूचारु भए पनि अर्थतन्त्र ओरालो लागेको अवस्था भन्दै सीईओ दाहालले यस किसिमको सहयोग निरन्तर जारी राख्ने बताए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

Share News