काठमाडौं । पहिलो पटक धान बाली लगाउनु अगाडी नै मूल्य तोकिएको छ । मन्त्रीपरिषद्को बैंठकले पहिलो पटक बाली लगाउनु अघि नै मूल्य तोकेको हो ।
रोप्नु अगाडी नै मोटा धान न्युनतम सर्मथन मूल्य प्रतिक्यूटल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य प्रतिक्यूटल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ काे भन्दा प्रतिक्युटल २ सय रुपैयाँ बढी रहेको कृषिमन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । यस अगाडी धानकाे समर्थन मूल्य प्रतिक्युटल २ हजार ५ सय ३१ रुपैयाँ र मध्यमको २ हजार ६ सय ७३ रुपैयाँ रहेकाे प्रवक्ता केसीले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव गरेको थियो । ताेकिएकाे साे मूल्य धान काट्नु भन्दा अगाडीदेखि लागु हुने कृषिमन्त्रालयले जनाएकाे छ ।
उनले भने, ‘व्यवसायीले आफ्नै मनमानीले कृषि उत्पादन खरिद गर्दै आएका थिए अब भने तोकिएको मूल्यमा व्यवसायीले धान मूल्य दिन आनाकानी गरेमा किसानले सरकारी संस्थानलाई विक्री गर्न सक्ने छन् ।’