काठमाडौं । नेप्सेले पूर्ण अनलाईन कारोबारबाट बजार सञ्चालन गर्ने तयारी गरेको छ।
नेप्सेले हालसम्म नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) मा आबद्ध नभएका लगानीकर्ताहरुलाई मंगलबार एक सूचना जारी गर्दै धितोपत्र दलालसँग सम्पर्क गरि शेयर बजार खुल्नु अगावै युजर नेम र पासवर्ड लिन आग्रह गरेको छ।
धितोपत्र हस्तान्तरणको सुविधा लिनका लागि लगानीकर्ताहरुले नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आईपिएस, तोकिएको क्लियरिङ्ग बैंक तथा नेपाल राष्ट्र बैंकबाट विद्युतीय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको ‘आईपीएस’ मार्फत सहभागिता जनाउन सक्ने नेप्सेले जनाएको छ।
[pdf id=222514]