टेलिकमले असार ७ गतेसम्म विलम्ब शुल्क नलिने

<p>काठमाडौं । नेपाल टेलिकमले असार ७ गतेसम्म आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क नलिने भएको छ । कोभिड-१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी टेलिकमले उक्त निर्णय गरेको हो । साथै, कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुने [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले असार ७ गतेसम्म आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क नलिने भएको छ । कोभिड-१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी टेलिकमले उक्त निर्णय गरेको हो ।

साथै, कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुने टेलिकमले जनाएको छ ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर(पे याज यू गो) मा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुने कम्पनीले जानकारी गराएको छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो ।

ती स्थानहरुलाई नेपाल सरकारले कोभिड-१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

Share News