एनसेलको डाटा प्याक ‘खल्ती’ एप्पबाटै किन्न सकिने, यस्ताे छ प्रकिया

<p>काठमाडाैं । &#8216;खल्ती&#8217; मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र  भ्वाइस प्याक अब &#8216;खल्ती&#8217; डिजिटल वालेट मोबाईल एपका साथै खल्तीडटकम वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । &#8216;खल्ती&#8217;बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन् । एनसेल का प्याक किन्ने सुविधा दिन &#8216;खल्ती&#8217;ले मोबाइल एपमा नयाँ मेनु थपेकाे छ । त्यसमा एनसेलले [&hellip;]</p>

काठमाडाैं । ‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र  भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपका साथै खल्तीडटकम वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । ‘खल्ती’बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन् ।

एनसेल का प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेकाे छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूकाे विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याककाे अवधिकाे समेत जानकारी पाउन सक्ने छन् ।

एनसेलकाे डाटा प्याक किन्न ‘खल्ती’काे मोबाइल एप वा खल्तीडटकम वेव पेजबाट लगइन गर्नुपर्छ । त्यहाँकाे गृहपृष्ठमा डाटा प्याक्स मेनु उपलब्ध छ । त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ । त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हाे, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ डाटा प्याक काे भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ । ग्राहकले ‘खल्ती’ एपबाट सिधै, मोबाइल बैंकिंङ वा इन्टरनेट बैंकिंगमध्ये कुनै विकल्प छानेर डाटा प्याक काे भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट एनसेलकाे भ्वाइस प्याक समेत खरिद गर्न सकिनेछ ।

एनसेलका प्रमुख बाणिज्य अधिकृत प्रदीप श्रीवास्तव भन्छन्, ‘हामी डिजिटल प्लेलफर्म उपयाेग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहन्छाैं । ‘खल्ती’ डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने ब्यवस्था गरेका छाैं । ग्राहकका मागका आधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लाने छाैं ।’

एनसेलका ९८ .९९ पैसादेखि १०४०.६५ रूपैयाँसम्मका प्याक ‘खल्ती’मा उपलब्ध छन् । ताेकिएकाे भाेलुमकाे डेटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन ।

‘खल्ती’का निर्देशक अमित अग्रवाल एनसेल सँगकाे सहकार्यमा मोबाइल एप र ‘खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ‘खल्ती’बाटै परिवारका सदस्य र आफन्तहरूलाइ समेत डाटा किनेर उपहार दिन सकिने अबस्था आएकाे बताए । ‘’खल्ती’बाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएकाे छ,’ उनले भने, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नु पर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलाे भएकाे छ ।’

लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भाेग्नेहरूलाइ एनसेल र ‘खल्ती’काे सहकार्यले निकै सहज बनाइदिएकाे छ । यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढि डेटा प्रयाेग गरिरहेका छन् । पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला माेवाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयाेगकर्ताहरूलाइ निकै सहज भएकाे छ । ‘खल्ती’ वालेटबाटै माेवाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनु पर्ने, पिन नम्बर काेट्याउनु पर्ने र लामाे अंककाे पिन सम्झिनु पर्ने अबस्थाबाट माेवाइल प्रयाेगकर्ता मुक्त हुँदै गएका छन् ।

 ‘खल्ती’को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

Share News