काठमाडौं । यातायात कार्यालयले लकडाउनकाे अवधिकाे जरिवाना लिने भएकाे छ । सरकारले लकडाउन जारी गरेकाे चैत ११ गतेदेखि जेठ मसान्तसम्म कार्यालय बन्द गरेकाे यातायातले स्पष्ट निर्देशन प्राप्त नभएकाे भन्दै जरिवाना छुट दिन नसकिने जानकारी गराएकाे हाे ।
सरकारले लकडाउन अवधीभर लाग्ने जरिवानाको छुट सम्बन्धमा स्पष्ट निर्देशन नदिएसम्म यातयात व्यवस्था सेवा कार्यलय विराटनगरले जरिवाना असुल गर्ने जानकारी गराएकाे छ ।
सवारी दर्ता, नामसारी, सवारी कर संकलन, सवारी दर्ता प्रमाणपत्र नविकरण, रुट परमिट जारी तथा नविकरण लगयताको सेवाहरु सरकारले छुट सम्बन्धि स्पष्ट निर्देशन नदिएकाेले जरिवना तिर्नुपर्ने कार्यालयकाे भनाइ छ ।
कार्यलयले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । सरकारले असार १ गतेदेखि सम्पुर्ण कार्यलहरु खुला हुने बताएको थियो ।
