काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७९ लाख ८२ हजार ८ सय १७ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३५ हजार १ सय ६६ जनाको मृत्यु भइसकेको छ भने ४१ लाख ३ हजार ९ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १७ हजार ८ सय ५३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ६२ हजार ४९ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ३३ हजार ८ पुगेको छ भने अहिलेसम्म ९ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ५ हजार ७ सय ६० जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ९ सय ७४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभारः वल्डोमिटर)