राष्ट्रियतामा एकताः ओली, देउवा, प्रचण्ड र झलनाथ एकैसाथ उत्रिए मतदानमा

<p>काठमाडाैं । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित गर्नकाे लागि बसेकाे शनिबारकाे प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल नेकपा र सबै प्रतिपक्ष दलहरुबीच एकता देखिएकाे छ । संविधान जारी हुँदा भन्दा बढी ऐतिहासिक एकता प्रस्तुत गरेको संसदले संविधान संसोधनको पक्षमा मत दिने वेलामा पनि राम्राे एकताकाे संकेत देखाएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी [&hellip;]</p>

काठमाडाैं । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित गर्नकाे लागि बसेकाे शनिबारकाे प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल नेकपा र सबै प्रतिपक्ष दलहरुबीच एकता देखिएकाे छ ।

संविधान जारी हुँदा भन्दा बढी ऐतिहासिक एकता प्रस्तुत गरेको संसदले संविधान संसोधनको पक्षमा मत दिने वेलामा पनि राम्राे एकताकाे संकेत देखाएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता कांग्रेस सभापति शेर बहादुर देउवा सँगै मत दिन गए। उनीहरु सँसँगै मात्र गएनन खुसीका साथ कुराकानी गर्दै मतदान गर्न तर्फ दागे ।

उनीहरु सँसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल पछि लागेका लागे । ओली र देउवा सँगै हिडेपछि संसदले उनीहरुका लागि ताली बजाएर सम्मान गरेको थियो। त्यसपछि पालैगरि सबै सांसदहरु लाइनमा मत दिन अघी बढे ।

अर्काे कुरा प्रमुख प्रतिपक्ष दलका नेताले संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्रीले टेवल ठाेकेकाे इतिहास नेपालमा सायद विरलै हाेला । तर, आज संसद बैठकमा त्याे माहाेल पनि देखियाे ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गज्जवले टेवल ठाेकेका थिए ।

Share News