काठमाडाैं । सभामुख अग्निप्रसाद सापकाेटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसदमा बाेल्न निदएपछि उनी रुष्ट हुँदै बाइकमा घर फर्किएकी छिन् । संसद भवनबाट घर फर्किँदै उनले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको पनि बताएकी छिन् ।
संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताइन् ।
सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताइन् ।