राजेन्द्र महताे भन्छन्: देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनु पर्छ (भिडियाेसहित)

<p>काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने धारणा राखेका छन् । शनिबार संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले साे कुरा बताएका हुन् । राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको उनले बताएका छन् । अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन [&hellip;]</p>

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने धारणा राखेका छन् । शनिबार संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले साे कुरा बताएका हुन् ।

राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको उनले बताएका छन् । अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे । उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे ।

अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितलाई समेटेर जारी भएको नक्सालाई संविधानमा समेट्न संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै उनले भने, ‘५८ वर्ष अघि यो भूमि नेपालमै थियो, हाम्रै नक्सामा थियो, यो भूमि कसले बेच्यो ?’ उनले देश बेचुवा को हो भन्ने पहिचान गर्नुपर्ने माग पनि गरे । उनले सरकारलाई यसबारे श्वेतपत्र ल्याउन पनि माग गरे । देश बेचुवालाई टुंडिखेलमा झुण्डाउन पनि उनले माग गरे ।

साथै उनले नक्साका लागि मात्र नभई राजनीतिक मुद्दामा पनि संविधान संशोधनका लागि ध्यान दिन सरकारलाई आग्रह गरे । ‘संविधान संशोधनका लागि मानिसले ज्यान गुमाएको छ, संघर्ष गरेको छ,’ उनले भने ।

देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्डाउनु पर्छ : राजेन्द्र महतो

देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्डाउनु पर्छ : राजेन्द्र महतो

Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020

 

Share News