सभामुखले बोल्न नदिएपछि सरिता गिरीले संसद छोडेर बाहिरिन् (भिडियाेसहित)

<p>काठमाडाैं । समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठक बहिष्कार गर्दै बाहिरिएकी छन् । सभामुखले आफूलाई बोल्न नदिएको भन्दै उनी संसद बैठकबाट बाहिरिएकी हुन् । संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा शुरुमा बोल्न पाउनुपर्ने [&hellip;]</p>

काठमाडाैं । समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठक बहिष्कार गर्दै बाहिरिएकी छन् । सभामुखले आफूलाई बोल्न नदिएको भन्दै उनी संसद बैठकबाट बाहिरिएकी हुन् ।

संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा शुरुमा बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।

सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका थिए ।

सरिता गिरीलाई सभामुखले बोल्न दिएनन्

सरिता गिरीले प्रस्ताव गरेकाे संविधान संशोधन विधेयक अस्वीकृत

Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020

Share News