काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७७ लाख २४ हजार ८ सय ३२ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख २७ हजार ६ सय ८० जनाको मृत्यु भइसकेको छ भने ३९ लाख १६ हजार ५ सय ३० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १६ हजार ८ सय १९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख १६ हजार ४ सय २८ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ९ हजार ६ सय ३ पुगेको छ भने अहिलेसम्म ८ हजार ८ सय ९० जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ५ हजार ६२ जना संक्रमित भएका छन् भने १६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८ सय ७७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)