गगन थापाको प्रस्ताव: कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाटै निर्धारण गरौं

<p>काठमाडाैं । नेपाली काँगेसका सासंद गगन थापाले कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्याकंनबाट निर्धारण गर्ने प्रस्ताव राखेका छन् । सरकारले यस वर्षकाे एसईई परीक्षा नगर्ने निर्णय गरेकाे प्रति आफु सकारात्मक र सरकारले सही निर्णय गरेकाे बताउँदै उनले कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने व्यवस्था गर्नु पर्ने बताएका हुन् । उनले अबबाट एसईई कानुनी रूपमा [&hellip;]</p>

काठमाडाैं । नेपाली काँगेसका सासंद गगन थापाले कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्याकंनबाट निर्धारण गर्ने प्रस्ताव राखेका छन् ।

सरकारले यस वर्षकाे एसईई परीक्षा नगर्ने निर्णय गरेकाे प्रति आफु सकारात्मक र सरकारले सही निर्णय गरेकाे बताउँदै उनले कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने व्यवस्था गर्नु पर्ने बताएका हुन् ।

उनले अबबाट एसईई कानुनी रूपमा नै खारेज गर्नु पर्ने समेत प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं, शिक्षा प्रणालीमा परिवर्तनको लागिसंकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।’

सरकारले हिजाे मात्रै एसईई परीक्षा आन्तरिक मुल्याकंनबाटै गर्ने निर्णय गरेकाे थियाे ।

Share News