काठमाडाैं । आज २ बजे बस्ने भनिएकाे मन्त्रिपरिषद्को बैठक फेरि सरेको छ । लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णय गर्न दिउँसो २ बजेका लागि तय भएको मन्त्रिपरिषद्को बैठक फेरि सारिएकाे हाे ।
दिउँसो बोलाइएको बैठक बेलुका ५ बजेका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। संसद बैठक जारी नै रहेकाले २ बजेका लागि भनिएको बैठक बेलुका मात्रै बस्न लागेको हो। आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बताइएको छ।
हिजाे हुने भनिएकाे बैठक प्रधानमन्त्रीकाे व्यस्तताकाे कारण देखाउँदै आजकाे लागि सारिएकाे थियाे ।