काठमाडाैं । कर्णाली नदीमा भएको टिपर दुर्घटनाका दुई मृतकको पहिचान खुलेकाे छ । मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका २ का शर्मिला सार्की र थम्की सार्की रहेको बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कालिकोटस्थित कर्णाली नदीमा भएको टिपर दुर्घटनाका अन्य तीन जना अझै बेपत्ता छन् । प्रहरीले टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई नियन्त्रणमा लिएको छ।
बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको थियो।
३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १० बजेर ४० मिनट जाँदा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियाे ।