यस कारण स्थगित भयाे मन्त्रिपरिषद् बैठक

<p>काठमाडाैं । मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ । अब बैठक बुधबार बस्ने भएको छ। बुधबार २ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। प्रधानमन्त्रीकाे व्यस्तता र मन्त्रीहरू संसदमा व्यस्त रहनुपर्ने भएकाले बैठक सारिएको हो, प्रधानमन्त्रीले बुधबार २ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ, उनले भने । [&hellip;]</p>

काठमाडाैं । मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ । अब बैठक बुधबार बस्ने भएको छ।

बुधबार २ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्रीकाे व्यस्तता र मन्त्रीहरू संसदमा व्यस्त रहनुपर्ने भएकाले बैठक सारिएको हो, प्रधानमन्त्रीले बुधबार २ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ, उनले भने ।

अब बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।

यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।

Share News