कोरोना महामारीमा एनसीएचएलको २ करोड ९१ लाख रूपैयाँ सहयोग

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई गरी कूल २ करोड ९१ लाख २० हजार रुपैयाँ भन्दा बढि सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग [&hellip;]</p>


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई गरी कूल २ करोड ९१ लाख २० हजार रुपैयाँ भन्दा बढि सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्याएको छ ।

कोभिड-१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रोत्साहन दिने उद्देश्यका साथ एनसीएचएलले लकडाउन शुरु भएदेखि नै सबै भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले २ करोड ३४ लाख ९ हजार रुपैयाँभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवाहरु प्रवाह गर्दै आएको छ ।

कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेट फर कज’ का रुपमा समावेश गरी सोबाटहालसम्म “नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”का लागि ४० लाख १९ हजार ४ सय ४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १-१लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु लागू र संचालन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजीद्वारा प्रवद्र्धित कम्पनी हो ।

Share News