एक युवकले गरे रुपन्देहीमा श्रीमान श्रीमतीसहित ५ जनाको हत्या

<p>काठमाडाैं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा गए राती ५ जनाको सामुहिक हत्या भएकाे छ । याे घटना रूपन्देही मैनहवास्थित गंगादेवी गाई फार्मकाे हाे । साे गाई फार्ममा स्थानिय  ५ जनासँगै काम गर्ने सुर्खेतकाे एक युवकले घरेलु हतियार प्रयाेग गरि हत्या गरेकाे वडाध्यक्ष दानबहादुर चाैधरीले बताए । दुई जना श्रीमान श्रीमतीलाई  काेठामा र अन्य  ३ जना २० देखि [&hellip;]</p>

काठमाडाैं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा गए राती ५ जनाको सामुहिक हत्या भएकाे छ । याे घटना रूपन्देही मैनहवास्थित गंगादेवी गाई फार्मकाे हाे ।

साे गाई फार्ममा स्थानिय  ५ जनासँगै काम गर्ने सुर्खेतकाे एक युवकले घरेलु हतियार प्रयाेग गरि हत्या गरेकाे वडाध्यक्ष दानबहादुर चाैधरीले बताए ।

दुई जना श्रीमान श्रीमतीलाई  काेठामा र अन्य  ३ जना २० देखि २५ वर्ष उमेर समुहकाे युवकहरूलाई  फार्ममा नै हत्या गरेकाे जानकारी दिए ।

स्थानियले समातेका ति हत्यारालाई बिहानै प्रहरीकाे जिम्मा लगाएका थिए । प्रहरीकाे नियन्त्रण पछि साेधपुछकाे क्रममा फार्ममा काम गर्दा आफूले  हेपेको भनेर हत्या गरेको स्वीकार गरेकाे कुरा भर्खरै प्रहरीबाट जानकारी आएको वडाध्यक्ष चौधरीले बताए ।

Share News