सरिता गिरीले भनिन्: नेकपा सासंदले मलाई घृणाको अभिव्यक्ति दियो, कारबाही गर्नुपर्छ (भिडियाेसहित)

<p>काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेकी छन् । शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएकोले कारबाहीकाे माग गरेकी हुन् । सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको [&hellip;]</p>

काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।

शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएकोले कारबाहीकाे माग गरेकी हुन् ।

सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् ।   ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस्,’ उनले भनिन् ।

सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न समेत उठाएकी थिइन् ।

आज बसेको प्रतिनिधि सभा बैठकका क्रममा माननिय सरिता गिरी

आज बसेको प्रतिनिधि सभा बैठकका क्रममा माननिय सरिता गिरी

Gepostet von Bikashnews.com am Freitag, 5. Juni 2020

 

Share News