जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी ताकेतामा राष्ट्र बैंकको समर्थन, भन्योः कर लिन शनिबार पनि बैंक खोल्नु

<p>काठमाडाैं । सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्नु पर्ने ताकेतामा नेपाल राष्ट्र बै‌कले पनि समर्थन जनाएकाे छ । राष्ट्र बैंकले सम्पू्र्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कर असुलीका लागि शनिबार पनि बैंकहरुलाई आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको हाे। मन्त्रिपरिषदको निर्यण अनुसार करदाताहरुले बुझाउनु पर्ने फागुन र चैत महिनाको कर विवरण [&hellip;]</p>

काठमाडाैं । सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्नु पर्ने ताकेतामा नेपाल राष्ट्र बै‌कले पनि समर्थन जनाएकाे छ ।

राष्ट्र बैंकले सम्पू्र्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कर असुलीका लागि शनिबार पनि बैंकहरुलाई आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको हाे।

मन्त्रिपरिषदको निर्यण अनुसार करदाताहरुले बुझाउनु पर्ने फागुन र चैत महिनाको कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मितिसम्म शनिबार तथा जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व संकलन गर्ने शाखा तथा काउन्टर खोल्न बैंकले निर्देशन दिएको हो।

सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। जेठ २५ गतेसम्म कर भुक्तानी गर्न ताकेता गरेकाे सरकारकाे निर्णयप्रति अहिले ब्यापक विरोध विराेध भइरहेकाे छ ।

Share News